तारुकामा २३ हल गोरु जुधाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

तारुकामा २३ हल गोरु जुधाइने



काठमाडौं / आगामी माघेसङ्क्रान्ति एवम् मकर पर्वको अवसरमा नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने भएको छ ।  राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाको तयारी अन्तिमचरणमा पुगेको जनाएको छ ।नुवाकोट रसुवा र धादिङमा पनि व्यवस्थीत रुपमा गोरु जुधाइने तयारी भएको मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार रसुवा नुवाकोट पर्यटन समाजद्वरा आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका संचालक दिपक महतले गोरु जुधाई विस्तार हुँदै गएको तथा यसको ऐतिहासिँक पक्षबारे खोज आवश्यक रहेको बताए ।

कार्यक्रममा तारुको गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए । पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्यदोग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले आन्तरीक पर्यटन विकासमा मेलाको योगदान रहने बताए ।

कार्यक्रममा तारुका गोरु जुधाई संरक्षण संस्थाका सदस्य विष्णु तारुकोले गोरु जुधाई परिमार्जित हुँदै आएको र यसलाई महोत्सवको रुपमा विकास गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए । लगायत लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारीलाई तीव्र बनाइएको छ । माघेसंक्रान्ति नजिकिँदै गर्दा स्थानिय किसानहरु जुधाउने गोरुको तयारीमा तिब्र रुपमा जुटिरहेका छन ।

तारुका गोरु जुधाई मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धि प्रधानले बताए ।
आफ्ना गोठमा पालिएका बहर गोरुलाई बारीका पाटामा रियल्सन नै सुरु गरि मेलाको तयारी भैरकेको मेला व्यवस्थापन समितिका सचिव केशव रिमाल बताउँछन । मल्लकालदेखिको इतिहास बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउन परम्परा पुरानो हो । मल्लकालिन राजहरुको बृता रहेको तारुका क्षेत्रमा गोरु जुधाईको प्रचलन बझाँङ्गी राजा जयपृथ्वीबहादुर सिंहको पालादेखी सुरुआत हुँदै आएको बताइन्छ ।
मेलाको तयारीले तारुका यतीबेला केहुलीझै सिंगारिएको छ भने घर घरमा जुधाइने गोरुको चर्चा परिचर्चा सुरु भइरहेको छ ।

व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारीलाई तीव्र बनाएको ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’का अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । दलीय सहमतिको आधारमा आलोपालो मूल समिति गठन गरी तयारी थालिएको गोरु जुधाई मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने जनाईको छ । मेला समितिले गोरु दर्ताका पुस २७ गते गोरु दर्ता गरेको छ ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’को अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष २३ हल गोरु दर्ता भएको छ । साना र मझौला गोरुलाई समितिले स्थान दिएको छैन । ठुला र लडाकु गोरुलाई मात्र मेलामा जुधाइने समितिका सदस्य विशाल केशीले बताए ।

यसैगरी मेला व्यवस्थापनका लागि ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’का संरक्षकसमेत रहेको वडाध्यक्ष सम्मरबहादर आलेमगरको सक्रियतामा मेलामा सहभागी हुन सवारीसाधन लिएर पुग्नेको साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाई जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउन तयारी मिलाइएको छ । गोरु जुधाएको जात्रामा सहभागीलाई अवलोकनका लागि सहज रूपमा हेर्न मञ्च तथा प्याराफिटको निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको वडाध्यक्ष तथा मेला सञ्चालक संस्थाका संरक्षक आलेमगरले जानकारी दिए ।

गोरुधनीलाई थप प्रोत्साहन हुने ः सदिऔँदेखि चलिआएको गोरु जुधाईमा यस वर्ष गोरुधनीलाई पुरस्कार बढाइएको मेला व्यवस्थापन समितिले विजेता गोरुधनीले विगतमा पाउँदै आएको २–३ हजारबाट प्रोत्साहन पुरस्कार यो वर्ष ६ हजार र ४ हजार पु¥याइएको छ । उपविजेतालाई ६ हजार पुरस्कार दिने व्यवस्था मिलाएको हो । मेलाको प्रचारप्रसारमा सहयोग पु¥याउने सञ्चारकर्मी र सञ्चार संस्थालाई सम्मान गर्ने कार्यक्रम राखिएको मेला समितिका सचिव केशव रिमालले बताए ।

मेलामा स्थानिय संस्कृतिलाई प्रर्वधन गर्ने उदेश्यले तामाङ झाँकी मगर झाँकी पञ्चे बाजा, स्थानिय बालन भजनको समेत प्रश्तुती रहनेछ । मौलीक भेषभुसाका साथै राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रश्तुतिले मेलालाई थप मनोरंजन दिने छ ।

फैलदो गोरु जुधाई
बजाङ्गी राज जयपृथ्वीबहादुर सिंहको पालादेखी नुवाकोटको तारुकमा चलिआएको गोरु जुधाई २०६२ सालदेखी एकिकृत र संस्थागत रुप लिन थाल्यो । नुवाकोटमा मात्र चलिआएको यो गोरु जुधाई विगत केही वर्ष देखी रसुवा नुवाकोटको सिमाना बेत्रावती, नुवाकोटको पर्यटकिय क्षेत्र पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङ, धादिङको धुवाकोट र मैदीमा पनि गोरु जुधाईको तयारी भइरहेको छ । तारुकामा २३ हल बेत्रावतीमा ८ हल र पञ्चकन्यामा १८ हल तथा ध्वाकोटमा १६ हल गोरु जुधाईने तयारी भएको आयोजक संस्थाले बताएका छन ।

प्रकाशित : २९ पुष २०७५, आईतवार ०७:५६