एनआईसी एसिया बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख ऋणपत्र बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख ऋणपत्र बिक्री गर्ने



काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड ले चौथो पटकमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

एनआइसील यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज दिनेछ । १० वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८५।८६ मा परिपक्क हुनेछ । बैंकले यस अघि पनि ११ प्रतिशत ब्याजदर भएको १८ लाख ३० हजार इकाई ऋणपत्र बिक्री गरेको थियो ।

ऋणपत्र जारी गर्न बैंकले यसअघि नै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रकाशित : १३ पुष २०७५, शुक्रबार १४:५८