संघीय संसद्को हिउँदे अधिवेशन बुधबारदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

संघीय संसद्को हिउँदे अधिवेशन बुधबारदेखि



काठमाडौं ।संघीय संसद्को हिउँदे अधिवेशन भोली बुधबारदेखि शुरु हुने संसद सचिवालयले जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन बुधबार दिनको चार बजेका लागि आव्हान गर्नुभएको छ ।

बुधबारबाट शुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सम्बन्धि अध्यादेश–२०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा प्रशासकीय अदालत विधेयक टेबल गरिने पनि कार्यसूची छ । अधिवेशन बैठकको आरम्भमा राष्ट्रपति भण्डारीद्वारा अधिवेशन आह्वान गरिएको पत्र वाचन गरेर सुनाइने परम्परा छ ।

प्रकाशित : १० पुष २०७५, मंगलवार ०८:३२