फरवार्ड कम्युनिटीको साधारणसभा पुस २९ गते ,४५प्रतिशत लाभांश प्रस्ताव गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फरवार्ड कम्युनिटीको साधारणसभा पुस २९ गते ,४५प्रतिशत लाभांश प्रस्ताव गर्दै



फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणसभा पुस २९ गते हुने भएको छ । सभामा फरवार्डले गत वर्षको कमाईबाट ४५प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीले २५प्रतिशत बोनस र प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । फरवार्डले ७ करोड ५० लाख ४१ हजार ४२५ रुपैयाँ बोनस र ६ करोड ३३ हजार १४० रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । यस्तै, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

प्रकाशित : ९ पुष २०७५, सोमबार ०८:११