सिद्धार्थ बैंक १३.१६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंक १३.१६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७४/७५ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १३.१६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस ८ गते आइतबार) अन्तिम दिन रहेको छ। लाभांश वितरण तथा सत्रौं वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकको शेयरमूल्य पुस ५ गते बिहीबार प्रतिकित्ता ३१४ रुपैयाँमा कारोबार भएको छ ।

बैंकले पुस २३ गते सोमबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले बैंक सञ्चालक समितिको मंसिर ६ गते बिहीबार बसेको बैठकले लगानीकर्तालाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरका साथै ८।१६ प्रतिशत नगद लाभांश वितरण गर्न अनुमति दिनेछ ।

त्यसैगरि सिद्धार्थ क्यापिटलको सहित बैंकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संसोधन, संस्थागत सामाजिक उत्तरदायित्व वापत भएका खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेको छ ।

प्रकाशित : ८ पुष २०७५, आईतवार १०:२१