किसान माइक्रोफाइनान्स हकप्रद भर्ने अाज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किसान माइक्रोफाइनान्स हकप्रद भर्ने अाज अन्तिम दिन



किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर भर्ने आइतबार (पुस ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २ गतेदेखि २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरिरहेको छ । कात्तिक १२ गतेसम्म कायम सेयरधनीले यो हकप्रद दाबी गर्न सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल सुन्धारा काठमाडौं तथा किसानको केन्द्रीय कार्यालय बलिया कैलाली र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट र बुटवल शाखा पनि भर्न सकिनेछ । सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

प्रकाशित : ८ पुष २०७५, आईतवार ०९:१३