राष्ट्रिय बीमा संस्थानमा रोजगारी अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

राष्ट्रिय बीमा संस्थानमा रोजगारी अवसर



काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर खुलेको छ । संस्थानले सहायकदेखि व्यवस्थापकसम्मका ३१ जना कर्मचारी माग गरेको छ ।

संस्थालने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी यी कर्मचारी माग गरेको हो । संस्थानले लोकसेवा आयोगबाट सहमति लिएर कर्मचारी नियुक्त गर्न सार्वजनिक सूचना जारी गरेको हो ।

संस्थाले मागेको कर्मचारीमा नवौ तहका व्यवस्थापक एक जना आठौं तहका सहव्यवस्थापक एक जना मागेको छ । यस्तै छैटौं तहका सहायक व्यवस्थापक १५ जना मागेको छ ।

यसमा खुला ८, महिला र आदिबासी जनजाती दुईदुई र मधेशी, अपाङ्ग, पिछडिएको क्षेत्रका एकएकजना मागेको छ ।
यस्तै चौथो तहको लागि १४ जना मागेको छ । यस्तो पदमा खुला ७, महिला, आदिवासि जनजाती, दलि र पिछडिएको क्षेत्रबाट एकएक जना र मधेशी ३ जना मागेको छ ।

इच्छुक उमेदवारले तोकिएको दस्तुर तिरेर आवश्यक प्रक्रिया पुराइ २१ दिन भित्र निवदेन दिनुपर्ने पनि संस्थानल जानकारी दिएको छ ।

प्रकाशित : ६ पुष २०७५, शुक्रबार १०:०६