बलिउड अभिनेत्री दीपिका पादुकोणले लाउने मंगलसुत्रको मुल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बलिउड अभिनेत्री दीपिका पादुकोणले लाउने मंगलसुत्रको मुल्य कति ?



मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह विवाहको तयारीमा व्यस्त छन् । विवाहलाई बलिउडको ठूलो विवाह मानिएको छ । दीपिका र रणवीरको जोडीले १४ र १५ नोभेम्बरमा इटालीमा विवाह गर्नेछ । दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड शेयर गरेका थिए ।

दीपिकाले आफ्नो विवाहका लागि मंगलसुत्र किनेकी छन् । यो मंगलसुत्रको मूल्य पनि सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ । एजेन्सी

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १२:०३