नेपाल फाइनान्सको सीईअोमा उद्धवराज थपलिया नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल फाइनान्सको सीईअोमा उद्धवराज थपलिया नियुक्त



काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवराज थपलिया नियुक्त भएका छन् । थपलियाले कात्र्तिक ७ गते बुधवारबाटै कार्यभार पनि सम्हालि सकेका छन् ।

पांचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलिया लामो समय किष्ट बैंक र प्रभु बैंकमा शाखा प्रबन्धक भइ कार्य गरेका थिए । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत गरी करिब १५ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।

बेष्ट फाइनान्स (तत्कालिन जनरल फाइनान्स) लाई जापान लगायतका एनआरएनहरुको समुहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे पछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए ।

प्रकाशित : ९ कार्तिक २०७५, शुक्रबार १६:०५