नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता



काठमाडौं। नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार एन.बी.आईले नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १६:२७