सिन्धुपाल्चोक। वैशाख १२ मा गएको विनाशकारी भूकम्पछि नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार हातामा रोकिएको कन्टेनर सुरक्षासहित शील लगाएर काठमाडौं ल्याइएको छ ।
तातोपानी भन्सारले भन्सार परिसरमा रहेका चिनियाँ सामग्री बोकेको कन्टेनरमा शील लगाएर भन्सार गर्नका लागि एअरपोर्टमा ल्याएको हो । नेपालको क्षेत्रमा रहेको ७९ कन्टनेरमा शील गरेर बुधबार काठमाडौ ल्याइएको हो ।
अर्बैंको चिनियाँ सामग्री तातोपानी भन्सारमा अलपत्र परेपछि त्यसलाई सहजताका साथ बजारसम्म ल्याउन व्यापारीहरुले माग गरेका थिए । भन्सारमा सामान अलपत्र परेपछि सामन चोरीसमेत हुन थालेको थियो ।
चीनबाट रेडिमेड, विद्युतीय सामग्री बोकेका अझै ३ सय बढी कन्टेनर नेपाली र चिनियाँ भुमीमा रहेका छन् । भूकम्पपछि आएको पहिरोले ६० भन्दा बढी कन्टेनरमा क्षति पुगेको थियो ।
Comment