‘भीभो भी ११ प्रो एआई’ स्मार्टफोन नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

‘भीभो भी ११ प्रो एआई’ स्मार्टफोन नेपालमा



काठमाडौं । भीभो मोबाइल नेपाल प्रा.लि.ले नेपाली बजारमा अल न्यू भी ११ प्रो ल्याएको छ । यसमा सफल मूख्य डिजाइनका साथ न्यू हालो फूलभ्यू डिस्प्ले राखिएको छ । यो फोन कभ्र्ड थ्रीडी बडिका साथमा इमर्सिभ प्रयोगकर्ताहरुकालागि नयाँ अनुभव गर्ने जून स्टेरी नाइट र नेबुला प्mयुजन कलर अप्सनमा आउने दावी गरिएको छ ।

भी ११ प्रो भी सिरिजको पहिलो स्मार्टफोन जसमा इन डिस्प्ले फिङगरप्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग भएको र बायोमेट्रिक सेक्युरिटिको नेतृत्वदायी क्षमतालाई निरन्तरता दिएको छ । यसका साथै स्लीक र स्टाइलिस डिजाइनलाई पनि प्राथामिकता दिएर बनाइएको छ ।

उक्त नयाँ मोबाइल बारे भीभो नेपाल ब्राण्ड म्यानेजर पेङगदाले भने ‘हाम्रो प्राथामिकतामा उपभोक्ताहरुको मस्तिष्कमा आविश्कारिक अनुभव प्रदान गर्नमा केन्द्रित रहँदै आएको छ । हाम्रा प्रयोगकर्ताहरुका लागि अधिक सहज र व्यक्तिगत मोबाइल अनुभव सिर्जन ागर्नका लागि हामीले एआई पावरयुक्त भी ११ प्रो स्मार्टफोन सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित भएका छौं ।’

यो फोनले भीभोको पर्फेक्ट शटको खोजलाई निरन्तरता दिँदै उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्युल मुख्य क्यामराका साथै ठुलो एफ÷१.८ एपार्चर र १.२८ पिक्सेल रहेको छ । सेल्फीका लागि स्मार्टफोनमा २५ मेगापिक्सेलको प्रन्ट क्यामरा रहेको छ ।

जसले उत्कृष्ट सेल्फी फोटो खिच्ने क्षमता राख्ने र १२ मेगापिक्सेलको मुख्य क्यामेराले ड्यूल पिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनशीलतालाई २ करोड ४० लाख फोटो सेन्सेटिभ युनिटमा परिवर्तन गर्न सक्दट । र केवल ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्नसक्ने डिएसएलआर गुणस्तरको ड्युल–पिक्सेल अटोफोकर प्रविधि प्रयोग गरिएो कम्पनीले जनाएको छ ।

यसैगरि उक्त फोनमा आार्टिफिसियल इन्टेलिजेन्स मोबाइल अनुभव प्रदान गर्ने गरि (एआई असिस्ट्यान्ट जोभी)को प्रयोग गरिएको छ । यसका लागि जेभी स्मार्ट सीन, गुगल लेन्स, गुगल असिस्ट्यान्ट जस्ता फिचरहरु उपलब्ध गरिाईएको छ । यसमा उच्च क्षमता भएको स्न्यापड्रागन ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ भने फोनको कार्यक्षमतालाई उत्केष्ट र सहज बनाउन ६ जिबी ¥यामका साथमा १२८ जिबीको आन्तरिक स्टोरेज रहेको छ ।

एण्ड्रोइड ८.१मा आधारित भीभोको आप्mनै फन टन ओएस ४.५ अपरेटिङ सिस्टम र भीभोको जोभी एआई इन्जिनले सिपियाु र मेमोरी रिसोर्सलाई पहिचान गर्न सँगसँगै कार्य गर्ने गर्दछ । साथै १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सुपर एमोलेड हालो फूलभ्यु डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन–टु–बडी रेसियो रहेको छ । निकै पातालो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाई मात्र रहेको छ । विश्वभर झण्डै २० करोड भन्दा बढी प्रयोग कर्ताहरु रहेको उक्त कम्पनीले जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०७५, बिहीबार १९:११