टोयटाको गाडी किन्ने हो ? गरिमा विकास बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमै कर्जा दिन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

टोयटाको गाडी किन्ने हो ? गरिमा विकास बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमै कर्जा दिन्छ



काठमाडाै । गरिमा विकास बैंकले टोयोटाको गाडी किन्न वार्षिक १०.५० प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । गरिमाले नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट्स र यसका डिलरहरुबाट टोयोटाको गाडी खरिद गर्दा १०.५०% ब्याजदरमा १२ वर्षका लागि सरल किस्तामा कर्जा दिने सम्झौता गरेको हो ।

गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र सिन्डिकेट्सका महाप्रबन्धक महेश कुमारले सोमबार यस सम्झौतामा हस्ताक्षर गरेका छन् । गरिमाको देशभरका शाखाबाट यस योजनाको लागि कर्जा पाइने बैंकले जनाएको छ । सम्झौतापछि टोयोटाको लिभा इटियोस २९ हजार २०२ र इटियोस क्रसको ३३ हजार ४१९ रुपैयाँ मासिक किस्ता तिरेर किन्न पाइनेछ ।

यसैगरी, हालै बजारमा आएको टोयोटा रस मासिक ५३ हजार २३२ रुपैयाँ कित्ता तिरेर किन्न पाइनेछ । गरिमाले आफ्नो देशभरका रहेका ६१ वटै शाखाबाट यो सेवा दिने जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार १४:२३