ज्योति विकास बैंकको शाखा चितवनको नारायणगढमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको शाखा चितवनको नारायणगढमा



काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नं ३ नारायणगढ चितवनमा नयाँ शाखा सञ्चालमा आएको हो । प्रमुख अथिति नेपाल उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान तथा बैंकका अध्यक्ष हिरचन्द्र खड्काले आज शुक्रवार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ ठाउमा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ

प्रकाशित : २२ भाद्र २०७५, शुक्रबार १७:०९