एनएमबि बैंकको अगुवाईमा होङसी शिवम् सिमेन्ट प्रालिलाई १६ अर्ब रुपैयाँ प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको अगुवाईमा होङसी शिवम् सिमेन्ट प्रालिलाई १६ अर्ब रुपैयाँ प्रदान



काठमाडौँ । नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना–होङसी शिवम् सिमेन्ट अब सफलतापूर्वक सम्पन्न हुने भएको छ ।

नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि एक प्रमुख बैंकको रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँकर्जा प्रवाह भएको छ । ७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन् ।

होङसी शिवम् सिमेन्टमा होङसी होल्डिङ लिमिटेड अन्तर्गतको एक सहायक प्रतिष्ठान हङकङ रेड लायन सिमेन्ट नम्बर ३ को ७० प्रतिशत हिस्सा र शिवम् सिमेन्ट लिमिटेडको एक सहायक प्रतिष्ठान शिवम् होल्डिङ प्रालिको ३० प्रतिशत हिस्सा रहेको छ । होङसी शिवम् सिमेन्टले धितोपत्र बोर्ड र नेपाल राष्ट्र् बैंकबाट रु ९.८२ अर्ब रुपैयाँ एफडिआईको स्वीकृति लिएको छ ।

कारखाना पूर्ण क्षमतामा संचालन भए पश्चात् यसको प्रतिदिन क्लिन्कर र सिमेन्ट उत्पादन क्षमता ६००० टन (१२०,००० बोरासिमेन्ट प्रतिदिन) पुग्नेछ । साथै कारखाना आफैले पनि कारखाना संचालनका लागि आवश्यक पर्ने ५० मेगावाट मध्ये १२ मेगावाट विद्युत फोहर वस्तुको तापबाट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधनगर्दै होङसी शिवम् सिमेन्टका निर्देशक लाइवीपेङले भने, ‘हामी आयोजनाको आर्थिक पक्षको व्यवस्थाप नगर्न पाएकोमा हर्षित छौं, जसले होङसी शिवम् सिमेन्टलाई नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना बनाएको छ ।’

‘एनएमबि बैंक देशको दिगो विकासमा योगदान पु¥याउने किसिमका आयोजना तथा क्षेत्रहरुमा सहयोग प्रदान गर्नमा विश्वास राख्दछ । यसप्रकारका आयोजनाहरुले देशमा पूर्वाधार निर्माणमा योगदान पुर्‍याउछ, एफडिआईको लागि प्रोत्साहित गर्दछ र रोजगार सृजना गर्नमा मद्दत पुग्दछ’ एनएमबि बैंकका सिइओ सुनिल केसीले भने ।

प्रकाशित : १९ भाद्र २०७५, मंगलवार १८:०७