काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौंथो शिखर सम्मेलन बिहिबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।
यसका लागि विशिष्ठ अतिथिहरु आउने क्रम अझै जारी रहेको छ । बिहिबार बिहानमात्र तीन देशका कार्यकारी प्रमुखहरु आउँदैछन् ।
परराष्ट्र मन्त्रालयले जनाए अनुसार बिहिबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने समय तालिका रहेको छ ।
त्यसैगरी बिहिबार बिहान ९ः१५ बजे बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद आउँदै छिन् । बिहिबार बिहान १०ः१५ बजे थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चान आउँदैछन् ।
यो समयतालिका अनुसार बिहिबार बिहान ८ बजेदेखि गौशालादेखि कोटेश्वरसम्मको चक्रपथ मार्गमा सवारी गुड्न पाउने छैनन् । एयरपोर्टदेखि सोल्टीहोटलसम्म जोडिन आउने कुनै पनि सडकमा सवारी गुड्न पाउँदैनन् ।
त्यसले गर्दा झण्डै तीन घण्टा सवारी आवागमन बन्द हुनेछ । तर यो समयमा हेरफेर पनि हुन सक्ने देखिएको छ ।
बुधबार पनि समयमा तलमाथि पर्दा सर्वसाधारणले दुःख पाउनु परेको थियो । ट्राफिक व्यवस्थापन कमजोर देखिएको थियो ।
बिहिबार जोर नम्बरका सवारीमात्र सर्वसाधारणले काठमाडौं उपत्यकामा चलाउन पाउने छन् । तर यो तीन घण्टाको अवधिमा पास लिएका सवारी समेत त्यो रुटमा गुड्न पाउने छैनन् ।
Comment