प्रदेश ५ र १ मा बुधबार सार्वजनिक बिदा,संघीय सरकार अन्तर्गत रहेका कार्यालय खुल्ने वा नखुल्ने अन्यौलता कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रदेश ५ र १ मा बुधबार सार्वजनिक बिदा,संघीय सरकार अन्तर्गत रहेका कार्यालय खुल्ने वा नखुल्ने अन्यौलता कायमै



काडमाडाै । मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश ५ को सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपसचिव मधु पौडेल ज्ञवालीद्वारा हस्ताक्षारित विज्ञप्तिमा जनाइएको छ । प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहरु बन्द हुने भए पनि संघीय सरकार अन्तर्गत रहेका कार्यालयहरु खुल्ने वा नखुल्ने अन्यौलता भने कायमै रहेको छ ।

प्रदेश १मा पनि बिदा

इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा प्रदेश १ को सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारले बिदा कटौती गरेपछि प्रदेश सरकारहरुले आ–आप्mनो क्षेत्रमा बिदा दिँदै आएका छन् ।

तर यस अघिको आदिबासी दिवसको सन्दर्भमा प्रदेश सरकारले दिइएको बिदा जिल्ला प्रसाशन कार्यालयले अस्वीकार गरेको थियो । यता मुस्लिम अगुवाहरुले बक इदलाई राष्ट्रिय पर्वको रुपमा लिँदै देशभर नै सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै प्र.म. केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको थियो ।

प्रम ओलीले एक साता अघि नै सार्वजनिक बिदा दिने आश्वासन दिएको भए पनि यसबारेमा गृह मन्त्रालयले अझै निर्णय गरिसकेको छैन ।

प्रकाशित : ५ भाद्र २०७५, मंगलवार १७:२६