रोकियो अोमको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रोकियो अोमको कारोबार



काठमाडाै । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने समझदारीमा आइतबार हस्ताक्षर गरेसँगै सोमबारदेखि नेप्सेमा ओम डेभलपमेन्ट बैंक को सेयर कारोबार रोक्का भएको छ ।

वित्त बजारको चुनौती र राष्ट्र बैंकको अस्थिर नीतिको सामना गर्न दुई बैंकहरु मर्ज भएको बताएका छन् । दुबै बैंकले संयुक्त रुपमा गत बर्षको लाभांश वितरणको प्रस्ताव गर्ने र तीन महिना भित्र एक्विजिशन प्रक्रिया पुरा गरी वित्तीय कारोबार थाल्ने योजना बनाएका छन् ।

प्राइम बैंकले कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि गर्दै सबल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको जनाएको छ ।

प्रकाशित : ४ भाद्र २०७५, सोमबार ११:३३