एसियन लाइफ इन्स्योरेन्सले हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एसियन लाइफ इन्स्योरेन्सले हकप्रद जारी गर्ने



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारणसभाबाट पारित १० बराबर ६ को अनुपातमा ७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

उक्त सम्झौतपत्रमा कम्पनीको एसियन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा एनआईबिएलएस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिशेयर सय रुपैयाँका दरको ७५ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । हकप्रद शेयर निष्काशन गरेपश्चात कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

५ अर्ब अधिकृत पुँजी रहेको कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । कम्पनीको जीवन बीमा कोषमा १३ अर्ब १३ करोड र कुल लगानी १२ अर्ब २९ करोड ९६ लाख रहेको छ । कम्पनीले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १ भाद्र २०७५, शुक्रबार १३:२७