गोरखाको बारपाक गाउँमा निःशुल्क इन्टरनेट सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

गोरखाको बारपाक गाउँमा निःशुल्क इन्टरनेट सुविधा



१२ वैशाखको विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक गाउँमा निःशुल्क इन्टरनेट सुविधा सुचारु गरिएको छ ।

लुम्बिनी नेट प्रालि, वर्डलिङ्क र रेडियो गोरखाको सहकार्यमा निःशुल्क इन्टरनेट सुचारु गरिएको हो । भूकम्पपीडित समक्ष सूचना पु¥याउनका लागि इन्टरनेट सुचारु गरिएको हो ।

‘बारपाकमा बसेर देशविदेश हेर्न र देशविदेशमा रहेकाहरुले बारपाकीसँग सञ्चार सम्पर्कमा रहन इन्टरनेट सुविधा सुरु गरियो’, लुम्बिनी नेट प्रालिका खेमराज अधिकारीले भन्नुभयो, ‘टेलिफोन र इन्टरनेटबिहीन हुँदा सञ्चार सम्पर्क टुटेको थियो ।’ एनसेलको टेलिफोन सुचारु रहेको र नेपाल टेलिकमको टावर सुचारु हुने क्रममा रहेकाले बारपाकमा अब सञ्चारसम्पर्कका लागि सहज बन्दै गएको छ ।

सौर्य ऊर्जा मार्फत् इन्टरनेट सञ्चालन गरिएको प्रालिले जनाएको छ । रेडियो गोरखाको टावरमार्फत् बारपाकमा रहेको डिभाइसमा कनेक्ट गरेर इन्टरनेट सुचारु गरिएको हो । सदरमुकामदेखि १८ कोश टाढा रहेको पर्यटकीय गाउँ बारपाक विनाशकारी भूकम्पले ध्वस्त बनाएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७२, बुधबार १६:४३