आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंक अस्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंक अस्योरेन्स सम्झौता



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरे ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले नेपाल बंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता आजिवन लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार १२:३८