सांग्रिला डेभलपमेन्ट बैंकले कति खुद नाफा कमायाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकले कति खुद नाफा कमायाे ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३२ करोड ७६ लाख ६४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ५.७८ प्रतिशत घटेको हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ७७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकले खुद ब्याज आम्दानी भने ११.०२% ले बढाएर ७८ करोड ८० लाख ९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सांग्रिलाले ७० करोड ९७ लाख २७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने ५३ करोड ८६ लाखबाट घटेर ५१ करोड ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । सांग्रिलाले यो त्रैमाससम्ममा १७ अर्ब ७८ करोड ४२ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गर्दा १४ अर्ब ६५ करोड ९१ लख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले १३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ५० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ६३ करोड ५३ लाख १ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा पनि बढेर ०.७८प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.६०प्रतिशत थियो । बैंकको कस्ट अफ फन्ड पनि ७.८९प्रतिशतबाट बढेर ९.०७प्रतिशत रहेको छ । सांग्रिलाको कर्जा निक्षेप अनुपात भने ७५प्रतिशतबाट घटेर ७०.१०प्रतिशतमा सीमित भएको छ ।

यता बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा आधाले घटेको छ । अघिल्लो वर्ष २६ रुपैयाँ ५३ पैसा रहेको सांग्रिलाको प्रतिसेयर आम्दानी यो त्रैमासमा १३ रुपैयाँ ०७ पैसामा खुम्चिएको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि १४२ रुपैयाँ ३९ पैसाबाट घटेर १२५ रुपैयाँ ३५ पैसामा झरेको छ ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलवार १२:३७