ह्वाट्सएपमा भिडियो कलिङ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

ह्वाट्सएपमा भिडियो कलिङ सेवा



लोकप्रिय मेसेजिंग एप ह्वाट्सएपले छिटै भिडियो कलिंग सेवा सुरु गर्ने भएको छ । जर्मनीको एक वेबसाइटले ह्वाट्सएपको आइओएस एपको स्क्रिन सट सार्वजनिक गरेको छ । जसमा ह्वाट्सएपबाट अरुलाई गरिएको अनगोइंग भिडियो कल देखाइएको छ ।

वेबसाइटका अनुसार एप्पललको आइओएस प्रयोगकर्ताका लागि बनाइएको ह्वाट्सएपको २.१२.१६.२ भर्सनको परिक्षण गरिएको छ । यो भर्सनमा भिडियो कलको सेवा उपलब्ध छ । यो फिचरलाई डेभलपर्स तथा बेटा टेस्टरले पनि परीक्षण गरिरहेको दाबी उक्त वेबसाइटले गरेको छ । ह्वाट्सएपको यो फिचर आगामी मार्च महिनासम्ममा लन्च हुने अपेक्षा गरिएको छ ।

स्क्रिनसटको आधारमा के अनुमान गर्न सकिन्छ भने ह्वाट्सएपको भिडियो कल फिचरको इन्टरफेस भ्वाइकल इन्टरफेस जस्तै हुनेछ । यसमा हरियो रंगको ट्याब देखिएकोछ । स्क्रिनसटमा आवाज म्यूट गर्ने अप्सन पनि देखिएको छ । साथै भिडियो कलका दौरान क्यामरा स्विच गर्ने अप्सन पनि रहेको देखिएको छ ।

समाचार अनुसार भिडियो कलका अलावा ह्वाट्सएपले मल्टीट्याब युजर इन्टरफेसको पनि परीक्षण गरिरहेको छ । यसमा प्रयोगकर्ताले होम च्याटस्क्रिनमा नगैकन एउटा च्याट ट्याबबाट अर्को च्याट ट्याबमा जान सक्छन् । यद्यपि यसका बारेमा ह्वाट्सएपले भने केही खुलाएको छैन ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार १५:०३