बैंकहरु अाफै चुक्ता पूँजी १५ अर्ब रुपैंया पुर्याउने पक्षमा छन्ः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरु अाफै चुक्ता पूँजी १५ अर्ब रुपैंया पुर्याउने पक्षमा छन्ः गभर्नर



काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकहरु अाफै चुक्ता पूँजी १५ अर्ब रुपैंया पुर्याउने पक्षमा रहे बताएका छन् । वेष्ट फाइनान्सले सिनतर्जी फाइनान्सलाई आफुमा गाभेर एकीकृत कारोबारको शुभाराम्भ गर्दै नेपालले सो कुरा बताएका हुन ।

गभर्नर नेपालले बैंकहरुलाई नीजि कम्पनीका रुपमा नलिन आग्रह गर्दै सार्वजनिक संस्थानको अवधारणामा सञ्चालन हुनु पर्ने बताए ।सिनर्जी फाइनान्सलाई विलय गरेर बेष्ट फाइनान्सका नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

यो सँगै वेष्ट फाइनान्सको चुक्ता पुँजी ८९ करोड ५ लाख रुपैयाँ पुगेको छ । विलय पश्चात फाइनान्सको निक्षेप २ अर्ब २४ करोड रुपैयाँ पुग्नुका साथै कर्जा प्रवाह एक अर्ब ९९ करोड रुपैयाँ पुग्ने बताइएको छ । शाखा संख्या १४ पुगेको फाइनान्सको एटीएम संख्या ३ पुग्ने विज्ञप्तीमा उल्लेख छ ।

फाइनान्सको अध्यक्षमा पदमराज न्यौपाने नियुक्त भएका छन् भने संस्थापकका तर्फबाट संचालकमा मिलन थापा, कृष्णहरी श्रेष्ठ र सुरज क्षेत्री नियुक्त भएका छन् ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार १६:०५