भीड व्यवस्थापन गर्न बैंकले लगायो यस्तो जक्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

भीड व्यवस्थापन गर्न बैंकले लगायो यस्तो जक्ती



काठमाडाै । राष्ट्रिय वाणिज्य बंैक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बंैकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पु¥याउन टोकन प्रणाली लागू गरेको हो ।

बंैकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बंैक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल काम गर्नका लागि एउटा गरी चार वटा काउन्टर शुरु गरेको बताए । यसअघि टोकन प्रणाली प्रदेश नं १ को इटहरी, दमक धरान र विराटनगरलगायतका बैंकमा लागू गरिएको सहायक प्रबन्धक काफ्लेले बताए ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार १३:२१