अपडेटः सञ्चालनमा अायो नारायणगढ–मुग्लिन सडकखण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अपडेटः सञ्चालनमा अायो नारायणगढ–मुग्लिन सडकखण्ड



चितवन। नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

बिहीबार बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार १२:५५