राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं  । राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) बीच आइतबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेडबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । गत आवमा बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ ।

प्रकाशित : १३ श्रावण २०७५, आईतवार १५:१३