जनरल इन्स्योरेन्सको कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनरल इन्स्योरेन्सको कारोबार सुरु



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुधबारदेखि कारोबार शुरु गरेको छ । कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारमा कम्पनीका अध्यक्ष कुनाल क्यालले उद्घाटन गरी सेवा शुरू गर्नुभएको हो ।

कम्पनीको कुल चुक्ता १ अर्ब चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्वसाधारणको रहने छ । कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना रहेको छ । कम्पनीको महाप्रबन्धकमा एस के तमोट रहेका छन ।

प्रकाशित : ६ असार २०७५, बुधबार १७:४९