सूर्या लाइफ इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर भर्ने अाज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्या लाइफ इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर भर्ने अाज अन्तिम दिन



सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद शेयर भर्ने आइतबार अन्तिम दिन हो । सूर्या लाइफले वैशाख ३१ गतेदेखि १० बराबर ४ को अनुपातमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा आस्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । यस्तै, सूर्या लाइफको उपत्यका भित्रका नक्साल, काठमाडौं र पाटन, ललितपुर तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिन्छ ।

हाल यस को चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको बीमाले हकप्रदपछि पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

प्रकाशित : ३ असार २०७५, आईतवार ११:०७