नाडेप लघुवित्तको आईपीओ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नाडेप लघुवित्तको आईपीओ जारी



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख ८० हजार कित्ता शेयरको आईपीओ जारी गरेको छ । यो संस्थाले प्रति शेयर १ सय रुपैयाँका दरले जारी गरेको यो शेयरमध्ये ५ प्रतिशत अर्थात २४ सय कित्ता साधारण शेयर कम्पनीका कर्मचारीको लागि सुरक्षित गरेको छ ।

अर्को ५ प्रतिशत अर्थात २४ सय कित्ता शेयर नै सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९० प्रतिशत अर्थात ४ लाख ३२ हजार कित्ता शेयरको सर्वसाधारणका लागि निष्काशन गरेको छ ।

प्रति कित्ता सय रुपैयाँ दरका यो शेयरका लागि कम्तिमा २० देखि बढीमा २४ सय कित्तासम्म आवेदन दिन पाइने छ । यो कम्पनीको शेयर आवेदनका निम्ति यही असार १० गतेबाट छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्मको समय दिइएको छ ।

यो वित्तीय संस्थाको शेयर आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सबै सीआस्वा सदस्य तथा बैंक र तिनका शाखाबाट दिन सकिने छ ।

आईपीओ निष्कासनपछि संस्थाको चुक्तापूँजी १६ करोड रुपैयाँ पुग्ने छ । यो कम्पनीले गत आवमा ८ करोड नाफा गरेको थियो । चालू आवमा १४ करोड५६ लाख नाफा गर्ने भएको छ भने आगामी वर्ष २० करोड ८२ लाखको लक्ष्य अगाडि सारेको छ । यसको बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित : १ असार २०७५, शुक्रबार ११:०५