काठमाडाै । प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद् बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी ऐन पनि पारित गरेको छ । प्रदेश दुईको प्रदेश प्रहरी ऐन मन्त्रिपरिषद्बाट पारित भएको छ । काठमाडौँबाट आएका सुरक्षा विज्ञहरुको टोली र स्थानीय सुरक्षा विज्ञहरुको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी मन्त्रिपरिषद्बाट पारित गरिएको हो ।
यो ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशसभाबाट यो ऐन पास हुना साथ प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ ।
Comment