मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंक बिच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंक बिच रेमिट्यान्स सम्झौता



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.को मुक्तिनाथ रेमिट र लुम्बिनी विकास बैंक लि. को लुम्बिनी रेमिट बीच सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ विकास बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंक लि. को तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बिच हस्तााक्षर गर्नुभएको छ ।

 

सम्झौता अनुसार अब मुक्तिनाथ रेमिट लुम्बिनी विकास बैंक लि. को सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ, साथै लुम्बिनी रेमिट मुक्तिनाथ विकास बैंक लि.को सम्पूर्ण शाखाबाट प्राप्त गर्न व्यवस्था गरिएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार १८:१९