संसद छाडेर जनताको माझमा जाने कांग्रेसको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

संसद छाडेर जनताको माझमा जाने कांग्रेसको चेतावनी



काठमाडाै । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने कांग्रेसको भनाई छ ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

सरकारका सबै निकायबाट धम्क्क्याउने ,धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उहाँले दुई तिहाईको दम्भ देखाईए प्रतिपक्षी दलले त्यसको ससक्त प्रतिवाद गर्ने चेतावनी नै दिनुभयो ।

संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउदा अग्रपक्तिमा बसेकाहरुले नै अहिले सोही व्यवस्थाको गलत व्याख्या गर्ने गरेको भन्दै उनले सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

संविधान बनाउदा अग्रपक्तिमा बसेर गरिएको व्यवस्थालाई दलिय जिम्मेवारीको बोधबाट गलत व्याख्या गर्नु उचित नहुने टिप्पणी उहाँले गर्नुभयो । संविधान कुल्चेर दुई तिहाईको दम्भले नभई संसदीय अभ्यासको अनुकरणीय काम गर्न उहाँले सरकारलाई सचेत गराए ।

मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा उहाँले गम्भीर आपक्ति जनाए । सबै प्रतिष्ठानले उदाहरणीय काम गरिरहेको भन्दै उहाँले प्रज्ञा प्रतिष्ठानको अपमान गर्ने असंगति पूर्ण काम नहोस् भनि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने ‘ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आखा लाग्यो भन्ने कुरा आएको छ, जग्गामा आखा लाग्या हो कि के हो ? प्रज्ञालाई यसरी आखा लगाउन पाईदैन ? प्रज्ञालाई यसरी अपमान गर्न पाईदैन । प्रज्ञा धेरै मेहेनत साथ यहाँ पुगेको छ । २० लाख पर्यटक ल्याउदा के देखाउने ? ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा लिएर २० तले भवन बनाउने व्यापारिक प्रयोजनका लागि ? अनि त्यसैका लागि पर्यटक ल्याउने ? संगति त हुनुपर्याे नि मन्त्रालयका कामहरुमा । यस्ता असंगति पूर्ण कामहरु नहोस्, अनुरोध गर्न चाहन्छु । ’

उनले पर्यटन मन्त्रालयले वेभसाईटमा तस्वीर थप्ने बाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरि आउने शिर्षकमा राखिएको १० करोड बजेट कटौतिको माग गरे। २० लाख पर्यटक भित्र्याउने भनिएपनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको र पर्यटन मन्त्रीले त्रिभुवन विमानस्थलका कर्मचारीलाई धम्क्याउने काम गरेको आरोप लगाए। विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याइएपनि थप गरिएको ३ घण्टामा जहाज अहिले सम्म अवतरण गर्ने व्यवस्था नगरिएको दाबी गरे ।

सार्वजनिक सेवा प्रशारणमा सरकार हस्तक्षेपकारी बन्दै गएको भन्दै उहाँले सम्पत्ति विवरण पत्रकारले देखाए भन्दैमा कार्यक्रम बन्द गरिएकोमा आक्रोश पोखे। उनले भने “यही हो नमुना सार्वजनिक सेवा प्रसारणमा जाने सरकारको ?”

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार १३:२१