फुटबलको महाकुम्भ अाज,पुरस्कारको राशी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फुटबलको महाकुम्भ अाज,पुरस्कारको राशी कति ?



खेलकुदको महाकुम्भ फिफा विश्वकप फूटबल प्रतियोगिता आजबाट रुसमा शुरु हुँदैछ । विश्वकपको २१औं संस्करणको शुरुवात आयोजक रुस र एसियन मुलुक साउदी अरेबियाबीचको भिडन्तबाट हुनेछ ।

उद्घाटन खेल रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ । विश्वकपका खेलहरू मस्कोका दुईसहित ११ शहरका १२ रंगशालामा हुनेछन् ।

विश्वकपमा सहभागिता जनाउने सबै टीमले कम्तिमा ८० लाख डलर पाउने छन् ।

यस्तै राउण्ड अफ १६ मा पुग्ने टोलीले करीब १ करोड २० लाख डलर, अन्तिम ८ मा पुग्नेले १ करोड ६० लाख डलर, चौंथो हुनेले २ करोड २० लाख डलर तथा तेस्रो हुनेले २ करोड ४० लाख डलर पाउने छन् ।

उपविजेताले २ करोड ८० लाख डलर पाउँदा विजेताको भागमा ३ करोड ८० लाख डलर पर्नेछ । विजेताले पाउने रकम करीब ४ अर्ब नेपाली रुपैयाँ हो ।

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार १२:१६