नेपाल सेवा लघुवित्तको शेयर मुल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल सेवा लघुवित्तको शेयर मुल्य कति ?



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०३.९३ देखि ३११.८१ रुपैयाँसम्म मूल्य तोकेको छ ।

नेप्सेले सबै कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोकेको हुन्छ । साथै, जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ ।

सिन्धुपाल्चोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म ६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, संस्थाको स्टक सिम्बोल एनएसईडब्लुए रहेको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार ११:३५