ट्रम्प र किमबीचको सहमतिपत्रमा के छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

ट्रम्प र किमबीचको सहमतिपत्रमा के छ ?



प्योंगयांगलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु निश्शस्त्रिकरणका लागि प्रतिबद्ध तुल्याउने सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले हप्ताक्षर गरेका छन् ।

 

ट्रम्पकिम घोषणापत्रका मुख्य चार बुंदा

१) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयां अमेरिकी–उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन् ।

२) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायस्द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन् ।

३) सन् २०१८ को एप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउंदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायस्द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

४) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउंदछन् ।

प्रकाशित : २९ जेष्ठ २०७५, मंगलवार १५:०९