तङ्ग्रिएलार शेयर बजार ? दिनभर उतावचढावमै व्यस्त नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तङ्ग्रिएलार शेयर बजार ? दिनभर उतावचढावमै व्यस्त नेप्से



काठमाडाै । सोमबार नेप्से ९ दशमलव ५५ अंकले बढेर १ हजार २ सय ४१ दशमलव १९ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ६१ ले बढेर २ सय ६१ दशमलव ११ अंकमा पुगेर बन्द भएको छ ।

आज दिनभर नेप्सेमा उतावचढाव भएको देखिन्छ । कारोबर खुल्ने वित्तिकै हरियो देखिएको बजार ५ मिनेट पनि नटिकि राताम्मै भएर बजार ओरोलो झरयो । १२ बजेर १० मिनेट जादा भने नेप्से दोहोरो अंकले वृद्धि भई बजार हरियो देखियो । यस दिन बजार उकालोउकालो लागेर बजार १२ सय ४१ दशमलव १९ बिन्दुमा बन्द भएको छ ।

सोमबार १ सय ७० कम्पनीहरुका ११ लाख ७६ हजार ४ सय ९१ कित्ताको शेयर खरिदबिक्री हुदै ४३ करोड ६८ लाख ८६ हजार ८ सय २९ रुपैयाँ कारोबार भएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १७:०६