धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाईमा मेगा बैंकको नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाईमा मेगा बैंकको नयाँ शाखा



काठमाडाै । मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा २ नयाँ शाखाहरु विस्तार गरेको छ ।

ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्ने क्रममा मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेका छन् । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको हो ।

यि दुई शाखाहरुको विस्तारसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १२:१४