थवाङमा जनता बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

थवाङमा जनता बैंकको शाखा



काठमाडौ । ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । रोल्पा जिल्लाकोथवाङ गाउँपालिका वडा नं. २स्थित थवाङ शाखाबाट कारोवार सुरुगरिएको हो। रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् ।

 

थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाटस्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।

यस सँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छभने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १२:००