यादव र राई मन्त्री नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यादव र राई मन्त्री नियुक्त



काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध हुनुहुन्छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु भएको थियो ।

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार १५:५०