बै‌ंकहरुको ब्याज दरकाे बारेमा सरकार किन माैन छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बै‌ंकहरुको ब्याज दरकाे बारेमा सरकार किन माैन छ ?



काठमाडाै । संसद हृदयश त्रिपाठीले बै‌ंकहरुले मनोमानी रुपमा बढाएको ब्याज दरकाे बारेमा सरकार माैन बसेकाे भन्दै  अापती जनाएका छन् । संसद बैठकमा बोल्दै उनले बैंक भनेकाे व्याज खाने भाडाेकाे रुपमा विकसित भएको अारोप लगाए । वितिय संस्थालाई मनोमानी ब्याज खाने संस्थाको रुपमा विकास गर्ने कि ? गरिब उन्मुलन गरेर समृद्धिको यात्रा तय गर्छ की ? यस बिषयमा अर्थमन्त्रालय मार्फत राषट्र बैंकले हस्तक्षेप गर्नुपर्ने उनको कथन थियो ।

त्रिपाठीले नेपाली सेनाले फास्टट्रायक नबनाउने बताएका छन् । बजेटमा छलफलमा प्रतिनिधिसभामा पूर्व भौतिक योजना तथा निर्माणमन्त्री समेत रहेको त्रिपाठीले सेनासँग फास्टट्रायक बनाउने क्षमता नभएको बताए ।
नेपाली सेनालाई फास्ट ट्रायक बनाउने जिम्मा दिने निर्ण प्रचण्ड सरकारको पालमा भएको थियो । त्यो सरकारमा कांग्रेसपनि सहभागी थियो ।

‘त्यो बेला सरकारले के आधारले फास्टट्रायकको जिम्मा सेनालाई दियो,बारुद पड्याएर सामान्य ट्रायक खोलेजस्तो गरी फास्टट्रायक बन्दैन।’त्रिपाठीले भने ।

काठमाडौंदेखि निजगढसम्मको फास्टट्रायकको ट्रायक सेनाले नै खोलेको थियो ।

प्रकाशित : १७ जेष्ठ २०७५, बिहीबार ११:४३