राष्ट्र बैंकले भन्यो- वाग्लेको कोठाबाट बरामद नोट जाली हुन कारबाही गर्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्र बैंकले भन्यो- वाग्लेको कोठाबाट बरामद नोट जाली हुन कारबाही गर्नु



काठमाडौं  । माधवराज वाग्लेको कोठाबाट बरामद भएका साढे २ करोड रुपैयाँ बराबरको नोट जाली भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । चलचित्र निर्माता समेत रहेका वाग्लेले उक्त बरामद भएको नोट चलचित्र सुटिङका लागि बनाएको बताएका थिए ।

काठमाडौं प्रहरी परिसरले २ गते बागबजारबाट उक्त नक्कली नोट बरामद गरेको थियो । बरामद नोट जारी भएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १७:३४