कांग्रेसको जिल्ला सभापतिहरुको भेला कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कांग्रेसको जिल्ला सभापतिहरुको भेला कहिले ?



काठमाडौं/ नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला २, ३ र ४ असारमा हेटौंडामा हुने तय भएको छ । निर्वाचन समिक्षामा केन्द्रित केन्द्रिय समिति बैठकले जेठको अन्त्यसम्म भेला गर्ने निर्णय गरेकोमा २, ३ र ४ असारमा गरी तिन दिनसम्म हेटौंडामा हुने तय भएको हो ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भेलाको मिति र स्थान टुंगो लागेको बताए ।

‘भेलाको मिति र स्थानको टुंगो लगाएका छौं, असारको २, ३ र ४ गतेसम्म भेला हेटौंडामा हुने भएको छ,’ सहमहामन्त्री डा महतले दर्पणसंसारसँग भने ।

भेलाले पार्टीको तल्लो तहको वर्तमान अवस्थाबारे जिल्ला सभापतिहरुले नेतृत्वलाई जानकारी गराउने र संगठन सुदृढिकरणका लागि तल्लो तहसम्म कार्ययोजना लगिने समेत सहमहामन्त्री महतले जानकारी दिए ।

स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको परिणाम पछि पार्टी भित्र तल्लो तह देखिको छलफल आवश्यक रहेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाउन नेतृत्व माथी दबाब बढ्दै आए पछि गत केन्द्रिय समिति बैठकले नै भेला गर्ने निर्णय गरेको थियो ।

यसै गरी बैठकले भदौ अन्त्यसम्म महासमिसतको बैठक समेत डाक्ने निर्णय गरिसकेको छ । सोही बैठकले नयाँ संविधानले व्यवस्था गरेको संरचना अनुसार पार्टीको विधान संसोधनका लागि प्रक्रिया अघि बढाउने समेत बताइएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार ११:५७