एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट



काठमाडौ । मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागिए क्स्चेञ्ज अफर सुरु गरेको छ ।

यस अघिका अफरहरुमा ग्राहकको उत्साह जनक उपस्थिती देखिएको भन्दै एप्पल वल्र्डले २ साताकालागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टागर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ ।

जेठ ३ गतेदेखि १७गतेसम्म सञ्चालनहुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नया ँमोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्ट फोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टागर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचितमूल्य लिएर सट्टापट्टागर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।

एप्पल वल्र्डमा मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ ।

एकै छानामुनी बिश्व बजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पलवल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहीबार १७:३२