अोलीसंग जंगिए जिग्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अोलीसंग जंगिए जिग्री



काठमाडाै । हाँस्यकलाकार कुमार कट्टेल अर्थात जिग्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला प्रश्न राखेका छन् । आफ्नो फेसवुकबाट उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सम्बोधन गर्दै प्रश्न राखेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन धुर्मुस सुन्तलीले जग्गा मात्रै माग्दा दिनलाई किन ढिलासुस्ती गरेको भन्दै प्रश्न तेर्साएका छन् । सरकारले चाहेको खण्डमा हर कुरा सम्भव छ भन्ने कुरा भर्खरै सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमले पुष्टि गर्ने भन्दै देशको गौरव बढाउने खेलाडीहरुलाई हौसला बढाउनका लागि स्टेडियम बनाउने काम किन रोकियो भनेर प्रश्न गरेका छन् । उनले स्टाटसमा लेखेका छन्, ‘हामी नेपाली जनताले हाम्रो क्रिकेट स्टेडियम हामी आफै बनाउछौ, सरकारले जग्गा उपलब्ध गराइदिनु पर्यो मात्र भनेका छौँ ।

कुनै पनि हालत मा देश बन्नु पर्छ भनेर सकरात्मक् सोच राख्ने हामी युबा हरु ले नेपाल सरकार सङ्ग सहकार्य गर्न खोजेको मात्र हो, जसलाई तपाईंजस्तो देश बन्नु पर्छ भन्ने सोच राख्नु हुने प्रधानमन्त्रि ले त कत्ती पनि बिलम्ब नगरि तत्काल निर्णय लियर “अगाडि बढ्नुहोस, सरकार तपाईंहरुको साथ मा छ “ भन्नु पर्ने हैन र ?’

धुर्मुससुन्तली फाउण्डेसनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर देशका केही स्थानमा सर्भे गरेका थिए । स्टेडियम बनाउन धुर्मुस सुन्तली सरकारको अनुमती पर्खेर बसेका छन् । सरकारले क्रिकेट मैदानको लागि जग्गा दिने कुराको निर्णय दिन नसक्दा नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने या नबन्ने भन्ने बारेमा अन्यौल सिर्जना भएको छ ।

कुमार कट्टेल जिग्रीले स्टाटसको अन्त्यमा लेखेका छन् ः ‘हामी आशा गर्छौ नेपाली क्रिकेट का लागि पनि त्यो एक दिन कत्ती पनि बिलम्ब न गरी आउनेछ, अन्यथा नेपाली क्रिकेट लाई माया गर्ने हामी जस्ता लाखौं नेपाली जनता देशको झन्डा बोकेर हामीले प्रस्ताबना गरेको जग्गा मा झन्डा गाड्न वाध्य हुने छौँ ।
तर हामीलाई विश्वाश छ तपाईं जस्तो बिकास प्रेमी प्रधानमन्त्रीले हामीलाई झन्डा गाड्न वाध्य बनाउनु हुने छैन ।
जय नेपाल ।
जय नेपाली क्रिकेट ।।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार १८:१७