एप्पल कम्पनी किन्दै वारेन बफेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एप्पल कम्पनी किन्दै वारेन बफेट



विश्वका धनाढ्य र ठूला लगानी कर्तामध्येका एक वारेन बफेटको जीवन निकै रोचक छ । बर्कशर हैथवेका अध्यक्ष बफेट आफूले भने आइफोन प्रयोग गर्दैनन् । तर उनी एप्पलमा भारी लगानी गर्ने तयारीमा छन् । स्रोतका अनुसार बफेटले एप्पलको १०० प्रतिशत शेयर खरिद चाहिरहेका छन् ।

बफेट व्यक्तिगत रुपमा प्रविधि मैत्री छैनन् वा रुचि राख्दैनन् । उनले गएको वर्ष भनेका थिए ‘म स्मार्ट फोन प्रयोग गर्दैन’। अकूत सम्पत्तिका मालिकले आज पनि नोकियाको पुरानो फ्लिप फोन प्रयोग गर्ने बफेट भन्छन्, ‘ म कुनैपनि सामान फाल्दैन, जवसम्म त्यो सामान २०–२५ वर्ष हुँदैन ।’

बफेटले सोमवारको सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई एक जना साथीले आइफोन एक्स दिएका थिए । तर मैले उक्त आइफोन प्रयोग गरिन । जुन मेरो असाध्यै मिल्ने साथीले पठाएका थिए । बर्कशर हैथवेका उपाध्यक्ष चार्ली मंगरसँग पनि आईफोन छैन। जब उनीसँग सोधियो कि तपाई आइफोन प्रयोग गर्नुहुन्छ ? उत्तरमा उनले भने नही म गर्दैन ।

यस वर्षको पहिलो तीन महिनामा बफेटको कम्पनी बर्कशर हैथवेले अप्पल इन्कको ७.५ करोड अतिरिक्त शेयर खरीद गरिसकेको छ । हैथवेल आइफोन निर्माता कम्पनीमा आक्रामक रूपले लगानी बढाएको छ । बर्कशरको एप्पलमा शुरुवातमा लगानी निकै थोरै थियो । तर अहिले बर्कशर हैथवेसँग एप्पलको ४२.५ अरब डालर मूल्यको २४.०३ करोड कित्ता शेयर छ ।

अन्तर्वार्ताका क्रममा बफेटले भने एप्पलको मैनेजमेन्ट टीम र उसका आर्थिक गतिविधिका कारण उनी अरु शेयर खरीद गर्न चाहान्छन् । उनले भने, ‘ म १०० प्रतिशत हिस्सेदारी लिन चाहान्छु ।’ बफेटको उक्त धारणपछि एप्पलको शेयर मूल्यमा भारी बृद्धि भएको छ । त्यसपछि पहिलो पटक एप्पलको प्रतिशेयर मूलय् १८५ डालर पुगेको थियो । एभरेष्ट दैनिकबाट

प्रकाशित : २६ बैशाख २०७५, बुधबार १२:२०