नेपाल सेवा  लघुवित्तको अाइपिअो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल सेवा  लघुवित्तको अाइपिअो खुल्यो



काठमाडौं। नेपाल सेवा  लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख ८० हजार कित्ता आइपिओ निष्कासन शुरु भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न लागेको हो ।

निष्काशन गर्न लागिएको कुल शेयरमध्ये तीन हजार छ सय कित्ता शेयर कम्पनीका कर्मचारीको लागि र नौ हजार कित्ता सामुहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको एक लाख ६७ हजार चार सय कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आइपिओ निष्कासन बन्द मिति छिटोमा वैशाख १६ र ढिलोमा जेठ १० रहेको छ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम नौ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकका साथमा सेबोनबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैङ्क तथा वित्तीय र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : 25 April, 2018 11:00 am