यी ५ तरिकाले बनाउछ तपाईलाई सफल लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

टिप्स

यी ५ तरिकाले बनाउछ तपाईलाई सफल लगानीकर्ता



शेयरमा लगानी गर्नुभन्दा पहिला हरेक लगानीकर्ताको अगाडी एउटा प्रश्न हुन्छ- कहाँ लगानी गर्ने , कसरी लगानी गर्ने र लगानी गर्दा कतै सम्स्या त हुँदैन ।

 

कम पुँजीबाट शुरु गर्नुस

शुरुमा नाम मात्रोको लगानी गरेर अनुभव प्राप्त गर्न सक्नु हुने छ । यसो गर्दा तपाई ठूलो रिक्सबाट टाढा नै बस्नु हुन्छ । धेरै रकम लगानीमा न लगाउनुस् । शेयर बजारमा एकै साथ ठूलो लगानी गर्नबाट जोगिन अावश्यक छ। त्यसैले कम्पनीको एक एक हिस्सा नियमित रुपमा लगानी गर्नु पर्छ ।

अाफैलाई शिक्षित बनाउनुस्

शेयर बजारमा लगानी गर्नु भन्दा अगाडी तपाई अाफैले अाफैलाई तयारी अवस्थामा राख्नु अावश्यक छ । यसका लागि तपाईले कम्पनीको ब्यालेनसिटको नतिजा पढ्न र त्यसलाई बुझ्न अावश्यक छ । जो मान्छेहरु यो फिल्डमा जोडिएका छैनन् उनिहरुले धेर थोर बुझ्न अावश्यक छ । त्यसैले अखबार पढ्नुस, बिजनेश अनलाइन न्यूज पोर्टल हेर्नुस र बिजनेश टिभी च्यानल पनि हेर्नुस् । त्यस पछि जुन कम्पनीसंग तपाईको अात्मविश्वास छ उसलाई निरनतर ध्यानमा राख्नुस् ।

 

कम्पनीको अवस्थालाई ध्यानमा दिनुस्

बजारमा धेरै थरिका कम्पनीहरु छन् । त्यसैले जुन कम्पनीमा लगानी गर्न खोजिरहनुभएको छ । त्यस कम्पनीका गतिबिधीलाई ध्यानमा राख्नुस। कम्जोर विकास दर र घट्दो दर भएका कम्पनीलाई समेत तपाईले ध्यानमा राखेर अध्ययन गर्नुस् । किनकी त्यसता कम्पनीहरु कुनै दिन अन्य कम्पनीको तुलनामा शेयर राम्रो भएर पनि अाउन सक्छ । तर बजारको अवस्था कम्जोर भए ठूला कम्पनीमा नै बढी ध्यान दिन उत्तम हुन्छ । किनकी बजारमा कम्जोर रहेका कम्पनीहरुको अवस्था झन जरजर बन्ने अवस्था नअाउला भन्ने पनि सकिदैन ।

रिक्स लिने क्षमता जाच्नुस

कुनै पनि कम्पनीको शेयर खरिद गर्दा तपाईले अाफ्नै क्षमताको बारेमा पनि ध्यान दिनुस् । यसको बतलभ यो हो कि कुनै पनि शेयर खरिद गर्दा कति हद सम्म तपाईले त्यसबाट हुने संभावित घाटालाई समेत सहन सक्ने क्षमता हुन अावश्यक छ । अर्थात तपाइले किनेको शेयरका कारण अाफै समस्या नपरोस । रिक्स लिन सक्ने अवस्थामा गरेको लगानीले तपाईको अार्थिक अबस्थामा कुनै पनि असर पार्न सक्दैन ।

लामो समयको लगानी

शेयर बजारमा लगानी गर्न चहानेहरु धरै समस्यामा पर्न चहादैनन । पक्कै पनि तपाई पनि झन्झट लिने पक्षमा हुनुहुन्न । त्यसैले तपाईको लगानी लामो समय सम्मको लागि हुँदा राम्रो । किनभने लगानी जतिनै लामो हुन्छ उति नै रिस्क कम हुन्छ ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलवार १६:१४