शास्त्रले महिलालाई कुन काम नगर्न भनेको छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बीमा

शास्त्रले महिलालाई कुन काम नगर्न भनेको छ ?



red-hot-cute-young-girlsधर्म शास्त्रले स्त्री र पुरुषका लागि विभिन्न नियम बनाएको छ । शास्त्रले कतिपय कुरा महिलाले गर्न नहुने भनेको छ । यस्ता काम पुरुषले मात्र गर्नु पर्ने शास्त्रको भनाइ छ ।

शास्त्रले महिलालाई कुन काम नगर्न भनेको छ ?

१ नरिवल फुटाउनु

धार्मिक मान्यता अनुसार महिलाले नरिवल फुटाउनु शुभ मानिँदैन । यसका लागि पुरुषले मात्र नरिवल फुटाउनु पर्ने शास्त्रको भनाइ छ । मन्दिरमा नरिवल फुटाउँदा महिला नभएर पुरुषले मात्र फुटाउने गरिन्छ ।

nariwal
२ जनै लगाउने
महिलालाई जनै लगाउन नहुने शास्त्रको भनाइ छ । यज्ञोपवित पनि भनिने जनै पुरुषले मात्र धारण गर्न सक्छन् ।

३ बलि चडाउने

देवी देवतालाई बलि चडाउने काम पनि महिलाले गर्दैनन् । धार्मिक मान्यता अनुसार पुरुषले मात्र बलि चढाउनु पर्छ ।

४ ॐ मन्त्र

धर्म शास्त्र अनुसार महिलाले ॐ भनिने मन्त्र जप्नु शुभ मानिँदैन । ॐ मन्त्र बोल्दा नाभी क्षेत्रमा दवाव पैदा हुने र यस्तो दवाव महिलालाई राम्रो नमानिने हुँदा महिलाले ॐ मन्त्र नजप्ने धार्मिक मान्यता छ ।

५ हनुमानको पुजा र स्पर्स

हनुमानलाई ब्रम्हचारी मानिन्छ । यसकारण हनुमानको पुजा महिलाले गर्छन् तर हनुमानको मुर्ती स्त्रीले छुनु राम्रो मानिदैन ।

६ गायत्री मन्त्र
महिलाले गायत्री मन्त्र पनि जप्नु हुँदैन । शास्त्रका अनुसार गायत्री मन्त्र महिलाले जप्नु अशुभ हुन्छ । पछिल्लो समय महिलाले पनि गायत्री मन्त्र जप्न थालेका छन् ।

७ फर्सी काट्नु

धार्मिक मान्यता अनुसार फर्सी महिलाले काट्नु हुँदैन । पुरुषले मात्र फर्सी काट्नु पर्ने धार्मिक विश्वास छ ।

प्रकाशित : १७ आश्विन २०७२, आईतवार ०४:४६