यी ५ तरिकाले बचाउन सक्छ तपाईको लाखाै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

टिप्स

यी ५ तरिकाले बचाउन सक्छ तपाईको लाखाै



पैसा कमाउन र बचाउन निकै कठिन काम हो । तर सही कदम उठाएर सानाे होस या ठूलो अाफ्नो लक्ष्यलाई पाउन सकिन्छ । त्यसैले पैसा बचत गर्ने केही तरिकाहरु यहाँ प्रस्तुत गरेका छाै ।


पैसाबाट पैसा बनाउ

तपाइ भविष्यमा राम्रो बनाउन चहानु हुन्छ भने सानाे उमेर देखिनै पैसाको बचत सुरु गर्नुस । जानकारहरुकाे बुझाइ अनुसार यसो गर्दा पैसा लामाे समय सम्म जम्मा हुन्छ र राम्रो ब्याज समेत अाउछ ।

यी कुरालाई ध्यान दिउ

बचत, खर्च, बजेट र लगानी जति राम्रोसंग बुझ्न सको उति बढी फाइदा हो । यसका फाइदा बुझ्न सके सहि ठाउमा सहि हिसाबले लगानी हुन्छ । प्रया मानिसहरु चार जना मध्ये तीन जना बिना सोचमा नै खर्चमा ध्यन दिन्छन । यस कारण जरुरी छ तपाइ पैसाको ब्यवस्थापन गर्नुस् ।

सबै लोनको भरमा चल्दैन

अजकाल प्राय युवाहरु अाफ्ना सपना पुरा गर्न लोन लिन गर्छन । यहाँ सम्मकी घर बनाउने सपना समेत लोनको साहारामा नै चलेको हुन्छ । लोनकै भरमा पर्दा उसले पुरा जिवन लोन तिर्नमा नै खर्चिन्छन् ।यसमा समस्याको संभावना धेरै हुन्छ । यो अबस्थामा अवकाश पछि पनि अरुसंग हात फैलाउने वतावरण बनिनै रहन्छ । त्यसकारण सानो लगानी गर्ने र अापत परेको अवस्थामा मात्रै लोनको सहारा लिने ।

अबकाश पछिको योजना बनाउनुस्

युवा उमेर र हात खुट्टा चल्दा तपाइले जुन सुकै हिसाबले पनि अाफ्नो जिवन चलाउनु हुन्छ । तर अबकाश पछिको उमेरमा तपाइका अाउदा दिन ज्यादै कठिन पनि हुन सक्छन त्यस कारण पछिका लागि पनि केही सोचेर लगानी गर्नु अावश्यक छ । बचत र सानो लगानी साथमा हुदा बुढेशकालको सहारा बन्छ ।

बजारमा पैसा लगाउनुस्

तपाई चाढै नै पैसा कमाउन चहानु हुन्छ र रिक्स लिन सक्नु हुन्छ भने शेयर बजारमा लगानी गर्नुस् । त्यस्तै म्यूचुअल फन्ड र शेयर बजारमा सोझै लगानी गर्न सक्नु हुन्छ । यसमा सानो समयमा फाइदा नदेखिए पनि लामो समय सम्म तपाइका अावश्यकता पुरा गर्न मद्दत पुग्न सक्छ ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार १६:१४